Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

छोरा भाइरस बनेको हेर्न चाहने पिता

फिल्मीखबर, काठमाण्डौ, 2015/01/05
निर्देशक शोभित बस्नेत यतिबेला छोरा सलोन बस्नेतको करिअरमा चिन्तित छन् । शोभित सलोनको प्रदर्शनमा आउन लागेको फिल्म 'आभाष'को प्रचारमा आफै लागेका छन् ।
 
शोभितले फिल्ममा सलोन भाइरस नामक पात्रको भूमिकामा देखिएको बताए । उनले भने– ‘म चाहन्छु सलोनलाई दर्शकले अब भाइरस भनेर चिनुन् ।’ यसअघि सलोन 'होस्टेल' फिल्मको जंगे पात्रबाट चर्चित थिए ।
 
शोभित मात्र होइन सलोन पनि आफ्नो भूमिकाबाट उत्साहित छन् । 'आभाष'मा उनी युवती घुमाउने युवकको भूमिकामा छन् । प्लेब्वाई बनेका सलोनले दर्शकलाई हँसाउने मात्र होइन फिल्ममा थुप्रै ट्विस्ट ल्याउने काम गरेका छन् ।
 
सुरेन्द्र पौडेलले निर्देशन गरेको यो फिल्ममा संयम पुरी, आश्मा डीसी, निशा अधिकारी लगायतले पनि अभिनय गरेका छन् ।
Most Visited News (monthly)