
पहिलो फिल्म 'यू मी और हम'को निर्देशन गरेर चर्चा कमाएका अजयले दोश्रो फिल्म 'शिवाय' निर्देशन गर्न लागेका हुन् । सन् २०१५ को सुरुवातबाट छायांकनमा जान लागेको यो फिल्मका लागि अजयले तयारी गरिसकेका छन् ।

जसले हिरो बनाए आज उनी आफ्नै सामु छैनन् तर उनका यादलाई बिर्सन कहाँ सकिन्छ र ? हो, स्वर्गीय निर्देशक आलोक नेम्वाङलाई सम्झिदै अभिनेता समेत रहेका निर्देशक सुदर्शन थापाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् ।

मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके'को अडियो एल्बम बिमोचन गरिएको छ । फिल्मका कलाकार तथा प्राविधिकको साथमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, निर्माता सुवास गिरी लगायतले एल्बमको बिमोचन गरेका हुन् ।

अहिले चासोको बिषय बनेको छ, आठ बर्षको बालकले कस्तो फिल्म निर्देशन गरेको होला ? गिनिज बुक अफ वर्ल्ड रेकड्समा नाम लेखिएला त ? दर्शकले आठ बर्षे बालकको फिल्मलाई कसरी लेलान् ? यि यावत प्रश्नको जवाफ मंसिर २६ गतेपछि भेटिनेछ ।

मुस्लिम र हिन्दू समुदायको कथा भन्ने फिल्म 'अलबिदा'को रोमान्टिक गीत रिलिज गरिएको छ । आगामी पौष २५ गते रिलिज हुन लागेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अनिता आचार्यले आफ्नो प्रेमभाव दर्शाएका छन् ।

बलिउडकी रानी उपनामले चिनिने दीपिका पादुकोणको कथा निक्कै रोचक छ । सात बर्ष अघि यही समयमा बलिउडमा प्रवेश गर्दा उनी स्थान खोज्दै थिइन् । आज समय फेरिएको छ, दीपिकाले बलिउडमा आफ्नो दबदबा बनाउन सफल छिन् ।

