Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलिना जोशी थरूनी बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/01/05
पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी थरूनी बन्ने भएकी छिन् । अपिल बिष्टले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म 'झुम्की'को शिर्ष भूमिकामा मलिनाले थरूनी बनेर अभिनय गर्नेछिन् ।
 
 
सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेत्री जोशीले आफूले नबुझेको समाजमा पुगेर नौलो पात्रको भूमिका निर्वाह गर्नु चुनौती रहेको बताईन् । दाङको थारू समुदायमा गएर खिचिने यो फिल्ममा थरूनीको भूमिकामा न्याय दिन केही समय थारू भाषा र उनीहरूको रहनसहन बुझेर मात्र अभिनय गर्ने मलिनाको भनाई थियो । 
 
यस्तै यो फिल्ममा इनोसेन्ट थरूनी पात्रको रूपमा रिश्मा गुरूङले पनि अभिनय गर्नेछिन् । दयाहाङ राई, मनोज आरसी, प्रमोद अग्रहरी, भोलाराज सापकोटा लगायतको अभिनय रहने 'झुम्की'ले जनआन्दोलन र द्धन्दकालिन अवस्थाको कथालाई चित्रण गर्नेछ । 
 
 
रामबाबु गुरूङको लेखन रहेको 'झुम्की'लाई बिजय बिराट बिष्टले निर्माण गर्नेछन् । तीन चरण गरेर छायाँकन गरिने यो फिल्मका छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । कालिप्रसाद बाँस्कोटाको संगीत रहने यो फिल्ममा अष्ट महर्जनको द्धन्द निर्देशन रहनेछ । आगामी बुधवारबाट फिल्मको सुटिङ शुरू हुने जानकारी दिईयो ।      
  
 
  
Most Visited News (monthly)