Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलिया र सिद्धार्थको अफेयर !

फिल्मीखबर, काठमाण्डौ, 2015/01/05
बलिउड कलाकारको अफेयरको चर्चा नौलो होइन । कुनै न कुनै कलाकारको नाम एक अर्कासँग जोडिएको नै हुन्छ । अहिले बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राको नाम जोडिएको छ ।
 
 
‘स्टूडेन्ट अफ द इयर’बाट बलिउडमा पाइला चालेका यी दुई अहिलेका सफल कलाकार हुन् । दुबै जनाको अफेयरको चर्चा चलिरहदा उनीहरु न्यूयोर्कमा एकसाथ नयाँ बर्ष मनाएर फर्किएका छन् ।
 
आलिया र सिद्धार्थ नयाँ बर्ष मनाउन अमेरिका हानिएका थिए । उनीहरु मुम्बइ एयरपोर्टमा फोटोपत्रकारका माझ हँसिलो देखिए । आलिया र सिद्धार्थको प्रेम चर्चाले बलिउड बजार तातिरहँदा उनीहरु एकसाथ न्यूयोर्कबाट फर्केपछि यसले झनै मसला पाएको छ ।
 
बलिउडमा यी दुई कलाकार सफल फिल्म दिने गतीमा छन् । सन् २०१४ मा मात्र सिद्धार्थको 'एक भिलेन' र आलियाको 'हम्टी शर्मा कि दुल्हनिया'ले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए ।
Most Visited News (monthly)