मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 4.10/5.00)
Text size:-
+
-

फ्रेस हुन अष्ट्रेलियामा स्वेता

फिल्मीखबर, काठमाण्डौ, 2015/01/04
अभिनेत्री स्वेता खड्का अष्ट्रेलिया पुगेकी छिन् । अंग्रेजी नयाँ बर्षको दिन उनी त्यतातर्फ उडेकी हुन् । भिनाजु चन्द्रप्रसाद श्रेष्ठको साथमा उनी अष्ट्रेलिया उडेकी हुन् । 
 
 
स्वेता खड्का निर्मित तथा अभिनित फिल्म 'कोहिनुर'को शो अष्ट्रेलियामा भैरहेको छ । आज आईतवार एक शो आयोजना भएको र अर्को शो जनवरी ९ मा हुने जानकारी प्राप्त भएको छ ।
 
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पश्चात स्वेता बाहिर कतै निस्किएकी थिइनन् । उनी श्रीमानको निधनका कारण ५ महिनादेखि पीडामा थिइन् । स्वेतालाई रिफ्रेसमेन्ट हुने भन्दै भिनाजु चन्द्रप्रसादको आग्रहमा अष्ट्रेलिया पठाइएको कोहिनुरका निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् । 
 
२ हप्ता अष्ट्रेलिया बसेपछि स्वेता नेपाल फर्किने बताईएको छ । अष्ट्रेलियामा रहँदा स्वेता केही फ्रेस हुने अपेक्षा गरिएको छ । साउन २४ गते श्रीकृष्णको निधन भएपछि स्वेता विक्षिप्त बनेकी थिइन् । स्वेता र श्रीकृष्णको बिहे असार २३ गते भएको थियो ।