आमिर खान त्यस्ता अभिनेता बनेका छन् जस्ले आफूले बनाएको रेकर्ड आफैले तोडेका छन् । बलिउडमा १०० करोड व्यापार गर्ने पहिलो फिल्म 'गजिनी'का अभिनेता आमिरले आफ्नै फिल्म 'थ्री इडियट्स'को रेकर्ड तोडे । त्यसपछी 'धूम ३' र अहिले आएर 'पीके' मार्फत आफ्नै रेकर्ड तोडेका छन् ।
विवाद, विरोध र चर्चासंगै उत्कृष्ट मेकिङका विच राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘पीके’ले भारतमा मात्र ३ सय करोड माथिको व्यापार गरेको छ । भारतमा ३ सय करोड नेट व्यापार गरेको यो पहिलो रेकर्ड हो । यसअघि आमिरको ‘धुम ३’ले २ सय ८० करोडको व्यापार गरेको थियो ।
बलिउडमा १, २ र ३ सय करोड क्लब स्थापना गर्ने अभिनेता खानको 'पीके'ले अझै व्यापार गर्ने छाँट देखाएको छ । बलिउडका बादशाह शाहरूख खान र अर्का चर्चित अभिनेता सलमान खानलाई आमिरले बक्स अफिसमा पछारेको पक्षर्यै गरेका छन् ।

