Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

बलात्कृत पूजासँग रेखा थापाको भेट

फिल्मीखबर, काठमाण्डौ, 2015/01/08
फिल्म चल्न एक दिन मात्र बाँकी रहँदा 'तथास्तु' अभिनेत्री रेखा थापा रक्षा नेपाल पुगेकी छिन् । निर्देशक सविर श्रेष्ठ, लेखक जगदिश्वर  थापाको साथमा रेखा आज रक्षा नेपाल पुगेकी हुन् । 
 
 
 
रेखाले त्यहाँ पुगेर सामूहिक बलात्कारको शिकारमा परेकी पूजा बोहरा र आफ्नै बुबा तथा हजुरबुवाबाट बलात्कृत भएकी पूजा कार्कीलाई भेट गरिन् । रेखाले फिल्म 'तथास्तु'मा पनि यस्तै भूमिका निर्वाहा गरेकी छिन् । उनले फिल्ममा आफूले आफ्नै श्रीमानबाट बलात्कृत हुने महिलाको भूमिका निर्वाह गरेको खुलाइन् ।
 
रेखाले आफ्नो निर्माण हुन लागेको नयाँ फिल्म 'रामप्यारी'मा पूजाद्धयलाई खेलाउने बताइन् । हालसम्म सार्वजनिक रुपमा नदेखिएका पूजाद्धय रेखाले यही फिल्मबाट सार्वजनिक गर्न खोज्दै छिन् । 
 
निर्देशक सविर श्रेष्ठले आफूले 'तथास्तु' बनाउनु अघि रक्षा नेपाल नआएर गल्ती गरेको खुलाए । फिल्ममा आफूले बलात्कारको कथालाई केही हदसम्म उठाएको खुलाएकोमा खुसी भने देखिए । 
 
उक्त अवसरमा निर्देशक श्रेष्ठ, निर्माता रामहरी धिताल र रेखा थापा फाउन्डेशनको तर्फबाट रेखा थापाले रक्षा नेपाललाई १५ हजारको चेक हस्तान्तरण गरिन् ।
 
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले आफूसँग रहेका ३२ जना बालबालिका र किशोरीहरु रेखा थापा जस्तै हिम्मतवाली बन्न चाहेको खुलाइन् । बलात्कारको शिकार भएकी पूजा बोहराले बलात्कारीलाई कानुनले छोड्न नहुने बताइन् ।
Most Visited News (monthly)