
निर्माणको क्रममा रहेको फिल्म ‘वडा नम्वर ६’ मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहने भएका छन् । दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माले मिलेर निर्माण गर्न लगेको यो फिल्ममा विल्सन विक्रम राईको स्थानमा दयाको इन्ट्री भएको हो ।

भोली शुक्रबारबाट देशभर फिल्म 'जेरी' प्रदर्शन हुँदैछ । दर्शक पनि गुलियो मन बनाएर 'जेरी' हेर्न आतुर देखिएका पक्कै होलान् । दर्शकको मनलाई गुलियो बनाउन निर्माण युनिटले रिलिजको पूर्व सन्ध्यामा गीत रिलिज गरेको छ ।

लामो समयदेखि फिल्मीकर्मीले प्रस्ताव गर्दै आएपनि पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले यसलाई नकारेकी थिइन् । नेपाली फिल्ममा अभिनय गर्ने प्रस्तावलाई अस्विकार गर्दै आएकी श्रेष्ठ अब भने पर्दामा देखिने भएकी छिन् ।

बलिउड नगरीबाट लगभग ओझेलमा परेकी अभिनेत्री ममता कुलकर्णी फेरि एकपटक चर्चामा छिन् । कारण, केन्यामा उनी पतिसहित ड्रक्स तस्करीको आरोपमा पक्राउ परेकी छिन् ।

फिल्म नगरीमा देखिएको जेनेरेशन ग्याप विस्तारै भरिंदै छ । फिल्मीकर्मीका छोराछोरीले यस क्षेत्रमा पाइला राख्न थालेपछि जेनेरेशन ग्यापको अवस्था मेटिंदै गएको हो । विभिन्न चर्चित फिल्मकर्मीका छोराछोरीको आगमनले एकातिर यो क्षेत्रलाई बलियो त बनाएकै छ अर्कोतिर को अगाडी भन्ने चर्चा पनि सुरु हुन थालेको छ ।

मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके'को शिर्ष गीत रिलिज गरिएको छ । योगेश काजीको स्वर तथा संगीत रहेको प्रस्तुत गीतमा अभिनेता आर्यन सिग्देलसहित थुप्रै कलाकारहरूले अतिथी भूमिकामा डान्स गरेका छन् । गीतको करियोग्राफी रोहन नेपालीले गरेका हुन् ।

