Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 1.30/5.00)
Text size:-
+
-

`आभाष`को प्रशंशा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/09
आजबाट देशभरका करिब ५० वटा हलमा प्रदर्शनमा आएको फिल्म 'आभाष'ले प्रेस शोको आयोजना गरेको छ । काठमाण्डौको बीग सिनेमामा आयोजना गरिएको प्रेस शोमा रंग पत्रकाहरुको साथमा केही नेपाली फिल्मका कलाकार पनि पुगेका थिए ।
 
 
 
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्मलाई पत्रकार तथा कलाकारले रुचाएका छन् । उनीहरुले फिल्मको कथावस्तु र ट्विष्टलाई राम्रो भने । नायिकाद्धय केकी अधिकारी, बेनिशा हमालसहित फिल्मका कलाकारहरु निशा अधिकारी, सलोन बस्नेत, आश्मा डीसी प्रेस शोमा देखिए ।
 
फिल्मबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको अभिनेत्री आश्मा डीसीले बताइन् । फिल्म हेर्नेले उनको अभिनयलाई रुचाएका छन् । 
 
निर्देशक सुरेन्द्र पौडेलले दर्शक तथा पत्रकारबाट प्रतिक्रिया पाएर आफूले गरेको काम सफल भएको ठानेको खुलाए । 'आभाष'ले आज देशभरका हलमा सन्तोषजनक व्यापार गरेको वुझिएको छ ।
Most Visited News (monthly)