Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अमिताभको ठाउँमा राजेश हमाल` : मह जोडी

फिल्मीखबर, काठमाण्डौ, 2015/01/09
नेपाली फिल्म तथा टेलिसिरियलका चर्चित हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालमा प्रशारण हुने बिदेशी विज्ञापनमा नेपाली कलाकारले काम गर्नुपर्ने बताएका छन् । 
 
आज काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा बोल्दै हरिवंश आचार्यले भने, 'अब अमिताभ बच्चनको ठाउँमा राजेश हमाल, साहरुख खानको ठाउँमा अरु कुनै नेपाली कलाकारले अभिनय गर्नुपर्छ । नेपाली कलाकारले पनि विज्ञापनमा काम गर्न पाएको खण्डमा आम्दानी बढ्ने उनले बताए ।'
 
कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले जातियताले देश टुक्रने कुरा गरे । उनले जातीयताको खाडलमा लगेर नेताहरुले देशको भलो नगर्ने बताए । उनले जातीयतामा एकता राम्रो होइन भन्दै देशलाई यसरी संघियतामा लैजान नहुने खुलाए ।
 
मह जोडी विज्ञापनमा सर्वाधिक मोटो रकम लिने कलाकारको रूपमा चिनिन्छन् । उनीहरूले नेपालमा पनि विज्ञापनको बजार फस्टाएको भन्दै यसैलाई देखेर आफूहरुले काम गरेको खुलाए ।
 
नेपाल चलचित्र प्राविधिक संघले हडकडमा आयोजना गरेको सातौं नेफ्टा अवार्डमा विज्ञापन गुरुको उपनामले विज्ञानराज पौडेललाई सम्मानित गरिएको थियो । नेपाल विज्ञापन एजेन्सीले समेत पौडेललाई यही नाम दिएपछि आयोजित एक पार्टीमा मह जोडी पुगेका हुन् ।
 
Most Visited News (monthly)