कुनै समय प्रेमको चर्चाले घेरिएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको अहिले सम्बन्ध राम्रो छैन । अमिताभ र रेखाले एकसाथ फिल्म नखेल्ने समेत बताएका थिए ।

तर, अमिताभको नयाँ फिल्म 'शमिताभ'मा रेखाले पनि काम गरेको खुलासा भएको छ । यस बारेमा स्वयं अमिताभले नै खुलासा गर्दै भनेका छन्– ‘यो फिल्ममा रेखाजीले पनि काम गर्नुभएको छ । तर, हामी दुईको एकसाथ दृश्य भने छैन ।’
रेखासँगको पूरानो चर्चालाई विर्सदै अमिताभले आफूहरु एकसाथ काम गर्न सक्ने समेत बताए । उनले भने– ‘यदि कुनै राम्रो कथा आएको खण्डमा हामी एकसाथ काम गर्न सक्छौ ।’
अमिताभले निर्देशक आर बल्कीले आफू र रेखालाई एकसाथ काम गर्न चाहेको पनि खुलाए । कुनै समय रेखा र अमिताभको प्रेम चर्चाले बलिउडमा हंगामा मच्चाएको थियो । तर, पछि रेखा र अमिताभ अलग भएका थिए । यसपछि यी दुईले एक साथ काम गरेका छैनन् ।
रेखा र अमिताभले बलिउडमा थुप्रै हिट फिल्म दिएका छन् ।

