रिलिजको पूर्व सन्ध्यामा फिल्म 'अलबिदा'को स्याड भर्सनको गीत रिलिज गरिएको छ । 'एकतर्फी माया' बोलको गीतमा अभिनेता हसन खान अभिनेत्री अनिता आचार्यको एकोहोरो मायामा रहेको देखाईएको छ ।
अभिनेता आर्यन सिग्देलको पनि अभिनय रहेको प्रेमकथानक 'अलबिदा'को प्रस्तुत गीतमा किरण लिम्बुको शब्द, ताराप्रकाश लिम्बुको संगीत तथा बादल लिम्बुको स्वर छ । लक्ष्मण रिजालले निर्देशन गरेको यो फिल्मलाई हसन खानले निर्माण गरेका हुन् । यो फिल्म भोली शुक्रबारबाट प्रदर्शनमा आउँदै छ ।

