अभिनेत्री प्रियंका चोपडा र कमेडियन कपिल शर्मा विच सम्बन्धमा दरार उत्पन्न भएको खबर आएको छ । हालै मात्र एक अवार्ड समारोहमा कार्यक्रम संचालन गरेका प्रियंका र कपिलविच स्टेजमा नै समस्या देखिएको हो ।

प्रियंका मेकअपका लागि कोठामा प्रवेश गरेपछि ३ घन्टासम्म आइनन् । कपिल प्रियंकालाई पर्खिरहेका थिए । तर, कपिललाई स्टेजमा प्रियंकाले ३ घन्टा पर्खाएपछि उनी आगो भएका थिए ।
जब प्रियंका स्टेजमा आइन्, कपिलले लगाइरहेको माइक फ्याकिदिए । उनले महिलाको समस्या नै यही हुन्छ भन्दै माइक फ्याकेको एक चर्चित भारतीय पत्रिकाले दाबी गरेको छ । कपिलले यसो गरेपछि उनी र प्रियंकाविचको सम्बन्धमा फाटो आएको भारतीय संचारमाध्यमले बताएका छन् ।

