Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(38 votes, avg 4.89/5.00)
Text size:-
+
-

`नाईं नभन्नु ल ३`को गीत सार्वजनिक | होला साँगीतिक धमाका ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/14
लगातार दुई पटकसम्म हिट भएको फिल्म 'नाईं नभन्नु ल'को अर्को सिक्वेल 'नाईं नभन्नु ल ३'को गीत सार्वजनिक भएको छ । संगीतकै कारण चर्चामा रहने 'नाईं नभन्नु ल'को प्रस्तुत सिक्वेलको गीतले पनि बजार पिट्ने अनुमान गर्न सकिन्छ । 
 
 
गत बर्ष रिलिज भएको 'नाईं नभन्नु ल २'को गीतको तुलनामा यो गीत अझ राम्रो र दर्शकले रूचाउने संगीतकार बसन्त सापकोटाको दाबी छ । यस्तै यो फिल्मका निर्माता रहेका चर्चित निर्देशक बिकास आचार्यले पनि प्रस्तुत सार्वजनिक गीत हरेक पक्षबाट राम्रो बनाउने कोशिस गरेको बताए ।
 
 
बसन्त सापकोटाकै शब्दमा राजेश पायल राई, रजिना रिमाल र संयोग योगीले स्वर दिएको प्रस्तुत गीतमा कविराज गहतराजले अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल र सुरज सिंह ठकुरीलाई नचाएका छन् ।
 
 
मुस्कान ढकालको डेब्यू निर्देशन रहेको यो फिल्म आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउने छ । नयाँँ बर्षको छेको पारेर फिल्म रिलिज गर्न लागिएको हो । गत बर्ष पनि नयाँँ बर्षको अवसर पारेर रिलिज गरिएको 'नाईं नभन्नु ल २' ब्लकबस्टर भएको थियो । 
 

Most Visited News (monthly)