Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`नाइ नभन्नु ल`ले करिअर चम्कायो : जीवन लुईंटेल

फिल्मीखबर, काठमाण्डौ, 2015/01/14
अभिनेता जीवन लुईंटेल अहिले अमेरिकामा छन् । आफूद्धारा अभिनित फिल्म 'ठूली'को विशेष शोका लागि जीवन अमेरिका हानिएका हुन् । अमेरिका पुगेका जीवनले आफूलाई नेपाली फिल्म क्षेत्रमा 'नाइ नभन्नु ल'ले चम्काएको खुलाएका छन् ।
 
अमेरिकामा अर्न्तवार्ता दिंदै जीवनले भने, 'म 'नाइ नभन्नु ल' चलेपछि एउटा चलेको कलाकारको रुपमा अगाडि देखिएको हुँ ।' जीवनले आफूलाई जीवनमा सुख र दु:ख भनेर कुनै तवरले महशुश नगरेको बताए । 'म सुख भनेर पनि मातिन्न, दु:ख भयो भनेर पनि आतिन्न', जीवनले भने ।
 
नेपाली फिल्म क्षेत्रमा चर्चामा रहेका जीवन खाली समय निकाल्दै दोश्रो पटक अमेरिका हानिएका हुन् । अब बर्षमा कम फिल्ममा मात्र काम गर्ने जीवनको योजना छ । जीवन फागुनको पहिलो साता नेपाल फर्कने बताईएको छ । 
 

Most Visited News (monthly)