Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

`लोग्ने मान्छे`बाट नन्दिताको कमब्याक ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/14
अनुहारमा मेकअप गर्दा समस्या आएपछि अभिनेत्री नन्दिता केसी फिल्मको पर्दामा देखिइनन् । उनले अफर आएका फिल्म समेत आफूले छाडेको बताएकी थिइन् । उनै नन्दिता फिल्म 'लोग्ने मान्छे'बाट कमब्याक गर्ने तयारीमा छिन् । 
 
नन्दिताले 'लोग्ने मान्छे'लाई फिल्म नगरीमा आफ्नो कमब्याक भनेकी छिन् । अभिनेता दीलिप रायमाझीको श्रीमतीको रुपमा फिल्ममा देखिन लागेकी नन्दिता आफूलाई दर्शकले माया गरिदिनेमा विश्वस्त छिन् ।
 
नन्दिताले अभिनय गरेका धेरै फिल्म चलेका छैनन् । यसैले पनि उनी म्यूजिक भिडियोमा बढी व्यस्त बनेको पाइन्छ । उनले काम गरेका केही फिल्म विचमै रोकिए भने केही हलसम्म आएका छैनन् ।
 
लय संग्रौलाको निर्देशनमा बनेको यो फिल्मलाई प्रदिप मित्तलले निर्माण गरेका हुन् । फिल्म 'इन्द्रेणी'मा शोभा केसीको नामले फिल्म नगरीमा आएकी नन्दिताले 'लोग्ने मान्छे'मा अवार्ड पाउने अभिनय गरेको यसको निर्माणपक्ष दाबी गर्छ । के नन्दिताको कमब्याक सुखद बन्ला ?
Most Visited News (monthly)