Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

प्रेम कथाको `कसैलाई नभन्नु`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/15
नयाँ निर्देशक मन्दिप राना 'कसैलाई नभन्नु' निर्देशन गर्न तम्सिएका छन् । आज यो फिल्मको भद्रकाली मन्दिरमा शुभमुहुर्त गरियो । फिल्मलाई शिवहरी रेग्मी र शंकर अधिकारीले निर्माण गर्न लागेका हुन् । 
 
मन्दिप रानाले नै लेखेको माया प्रेमको कथामा बन्न लागेको यो फिल्ममा किशोर केसी, पुष्कर भट्ट, आयुष्मा कार्की, दिनेश शर्मा, देशभक्त खनालको मुख्य भूमिका रहनेछ । फिल्ममा रामचन्द्र श्रेष्ठ र भीम वीसीले संगीत भरेका छन् । यो फिल्मको छायांकन हेटौडा, पोखरा, पाल्पा, तनहुँमा गर्ने निर्माणपक्षले जनाएको छ । 
Most Visited News (monthly)