बलिउड अभिनेत्रीद्धय कट्रिना कैफ र दीपिका पादुकोणविच अहिले ३६ को आँकडा चलिरहेको छ । दीपिका बलिउड अभिनेता रणवीर कपुरकी पूर्व प्रेमिका हुन् भने कट्रिना हालकी प्रेमिका । यही कारणले पनि दीपिका र कट्रिनाविच टकरवा भएको पाइन्छ ।

हालसालै एक अवार्ड समारोहमा दीपिकालाई 'यदि तपाईं २०१५ मा कट्रिना कैफ हुनुभयो भने के कुरा पूरा गर्नुहुन्छ ?' भन्ने प्रश्न पत्रकारले सोधेका थिए । दीपिकाले यसको जवाफ दिदै आफूले कट्रिनासँग बिहे गर्ने जनाएकी थिइन् ।
कट्रिना दीपिकाको यो जवाफले रुष्ट बनेकी छिन् । दीपिकाले यसअघि पनि कट्रिनाका बिषयमा विभिन्न खालका कमेन्ट गरेकी थिइन् । जसका कारण यी दुई अभिनेत्री विच सम्बन्ध प्रगाढ बन्न सकेको छैन ।
दीपिकाले आफ्नो बिषयमा बोलेको भन्दै कट्रिनाले यस बिषयमा चासो देखाएकी हुन् । उनले दीपिकाले आफ्नो बारेमा बोल्दै हिडेको भन्दै यस्तो आवश्यकता विल्कुलै नभएको बताएकी छिन् । दीपिकाको नयाँ प्रतिक्रियापछि दुई नायिकाको सम्बन्ध अझ विग्रिएको छ ।

