Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.00/5.00)
Text size:-
+
-

धम्कीपछि करिनाले बढाइन् सुरक्षा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/22
बलिउड अभिनेता र अभिनेत्री सधैं नै धम्कीको शिकार भैरहेका हुन्छन् । बलिउड सेलिब्रेटीलाई धम्की दिंदा मिडियामा चर्चा पाइने भएकाले पनि विभिन्न पार्टी र जातीको नाममा उनीहरुलाई धम्की आइरहेको हुन्छ ।
 
अभिनेत्री करिना कपुर पनि अहिले यस्तै धम्कीको शिकार भएकी छिन् । करिनालाई विश्व हिन्दु परिषदका महिलाहरुले प्रकाशित गर्दै आएको एक म्यागेजिनमा लभ जिहाद भनेर तस्बिर प्रकाशित भएको थियो । हिन्दु भएर मुसलमानसँग बिहे गरेको भन्दै करिनाको चर्को आलोचना गर्दै म्यागेजिनमा उनको अनुहारको एक भागमा नकाव राखिएको थियो ।
 
यसपछि करिनालाई धम्की आउन थालेको समेत भारतीय केही मिडियाले जनाएका छन् । करिनाले आफूलाई असुरक्षित महशुश गर्दै सुरक्षा गार्ड बढाएकी छिन् । करिनाको बान्द्रा स्थित घरमा २ बडीगार्ड थपिएको छ । करिनाले भने आफूलाई धम्की आएर सुरक्षागार्ड थपेको अस्विकार गरेकी छिन् । 
Most Visited News (monthly)