मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`बास्केटबल डायरीज`को कपि `स्केप` ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/23
यहि आउँदो माघ २३ गते थ्रीलर फिल्म 'स्केप' प्रदर्शनमा आउँदैछ । लागुऔसध दुर्व्यसनीको कथामा बनेको यो फिल्म सन् १९९५ मा रिलिज भएको हलिउड फिल्म `बास्केटबल डायरीज`बाट प्रभावित भएको प्रतिकृया आईरहँदा निर्माण युनिटले स्पष्टिकरण दिएको छ । 
 
 
फिल्मको प्रोमो सार्वजनिक भएपछि `बास्केटबल डायरीज`को कथासँग मिल्न गएको प्रतिकृया पाएका निर्माता तथा अभिनेता प्रदीप खड्काले भने, 'केही सिनहरू मिल्न गएपनि यो फिल्म 'बास्केटबल डायरीज'को कपी हैन । जहाँबाट `बास्केटबल डायरीज` सकिन्छ त्यहाँबाट 'स्केप'को कथा शुरू हुन्छ ।' 
 
प्रदीपले 'स्केप'लाई `बास्केटबल डायरीज`को दोस्रो भाग भन्न मिल्ने बताए । लागुऔसध दुर्व्यसनीको कथाको अन्त्य प्राय फिल्मको उस्तै हुनेगरेको अवस्थामा 'स्केप'को प्रस्तुती र अन्त्य फरक रहेको उनले दाबी गरे । 
 
लागुऔसध दुर्व्यसनीबाट छुटेर समाजमा एक पात्रले गरेको संघर्षलाई 'स्केप'ले प्रस्तुत गरेको उनको भनाई छ । 'स्केप'ले लागुऔसध दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई हेर्ने नजरमा प्रभाव पार्ने उनको दाबी छ । 'हामी वास्तविकता देखाउने कोसिस गरेका छौं तर गर्नपर्ने कुरा सन्देशको रूपमा दर्शकलाई छोडेका छौं', प्रदीपले भने ।
 
अनन्त घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदिप खड्काको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान डंगोलको छायांकन छ । कमल श्रेष्ठको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता अमित ढुंगाना हुन् । फिल्ममा प्रदीपसँगै रीमा विश्वकर्मा, कमल श्रेष्ठलगायतले अभिनय गरेका छन् ।