Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16909 - 16914 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-24, सोमवार

युवापुस्तामाझ लोकप्रिय बनेको यो फिल्मका मुख्य पात्र अनमोल केसी र आना शर्माको जोडी पनि उत्तिकै लोकप्रिय बनेको छ । पर्दाका फ्रेस यि जोडीले दर्शकको मन जितिरहेका छन् । अनमोलले दर्शकको मात्र हैन आनाको पनि मन जितेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-24, सोमवार

बहुप्रतिक्षित फिल्म 'पिके'को रोमान्टिक गीत रिलिज भएको छ । अमिर खान स्टारर यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अनुष्का शर्मा र सुशान्त सिंह राजपूतको रोमान्स हेर्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-23, आईतवार

महिनौंदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको सदस्य पदमा फिल्मकर्मी सुरेश दर्पण पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिस्तरको आज ७ गते बसेको बैठकको निर्णय अनुसार सुरेशलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली २०५७ को नियम २१ (१) (च) बमोजिम बोर्डको सदस्य पदमा नियुक्त गरिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-23, आईतवार
फिल्म क्षेत्रका २ चर्चित हस्ती निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाको सम्बन्ध अहिले व्यवसायिक मात्र छ । १० बर्ष लामो जीवनको कालखण्ड एकसाथ बिताएको यो जोडी अलग भएसँगै विभिन्न चर्चा चल्यो । तर, रेखा र छविले आफूहरुको वैवाहिक जीवन सकिएपनि व्यवसायिक सम्बन्ध रहेको खुलाए ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-11-23, आईतवार

जीवनमा पहिलो पटक फिल्मकर्मी र पत्रकारमाझ बसेर जन्मदिन मनाउँदै गर्दा निर्माता छविराज ओझा मख्ख देखिए । फिल्म नगरीमा प्रवेश गरेको २५ बर्ष र जीवनको ५० बर्षको क्षण फिल्मी क्षेत्रसँग साट्न पाउनु उनका लागि सुखद पल थियो । छविले जीवनमा पहिलो पटक सबैलाई बोलाएर जन्मदिन मनाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-23, आईतवार

सफल निर्माताको पगरी गुथेका छबिराज ओझाले हिट फिल्म 'किस्मत'को सिक्वेल बनाउने घोषणा गरेका छन् । आफ्नो पचासौं जन्मदिनको अवसरमा छबिले 'किस्मत २' निर्माण गर्ने घोषणा गरेका हुन् ।

Results : 16909 - 16914 of 24017