मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`निर्देशक म नै हो` : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2015/01/25
अभिनेता भुवन केसीका छोरा अनमोल केसीका लागि लक्की मानिएका निर्देशक हुन्, हेमराज बिसी । हेमराजले निर्देशन गरेका 'होस्टल' र 'जेरी' हिट भएपछि यसका कलाकार अनमोलको चर्चा पनि चुलिएको छ ।
 
उनै लक्की निर्देशकसँग अनमोल 'ग्याङस्टार ब्लुज'मा काम गर्दैछन् । यो फिल्मको छायांकन अगाडि अनमोल आफ्नै होम प्रोडक्शनको फिल्म 'ड्रिम्स'मा काम गर्दैछन् । यो फिल्मलाई अभिनेता भुवन केसीले नै निर्देशन गर्ने छन् । 
 
हेमराजलाई निर्देशनको जिम्मा दिएको समाचार सार्वजनिक भएपछि भुवनले फिल्मीखबरसमक्ष भने, 'बाहिर आएको समाचार गलत हो । मेरो फिल्मको निर्देशक म नै हो ।' 
 
भुवनले थपे, ‘हेमराज राम्रो निर्देशक भएकाले उनलाई फिल्मको निर्देशनको जिम्मा दिने कुरा पनि भएको हो । तर, अहिले म आफैले यो फिल्म निर्देशन गर्दैछु ।’ भुवनले फागुन १५ गतेबाट छायांकनमा जाने भन्दै आफू निर्देशनबाट पछि नहटेको खुलाए ।