मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिकद्धारा आत्महत्या | छायांकन रोक्न आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2015/01/25
नेपाल चलचित्र प्राविधिक संघले आफ्ना सदस्य मोहन बरालले आत्महत्या गरेपछि सम्पूर्ण छायांकन रोक्न आग्रह गरेको छ । हिजो बेलुकी आफ्नै डेरामा बरालले आत्महत्या गरेका थिए । उनको अहिले टिचिङ अस्पतालमा पोष्र्टमार्टमको काम भैरहेको छ ।
 
४३ बर्षका मोहन नेपाली फिल्ममा विगत २० बर्षदेखि लाइटम्यान र क्रेन अपरेटरको रुपमा सक्रिय थिए । सुरुवातमा लाइटम्यानको जिम्मा सम्हालेका मोहन पछिल्लो समय क्रेन अपरेटरको रुपमा फिल्ममा काम गर्थे ।
 
चलचित्र प्राविधिक संघका उपाध्यक्ष पुष्कर लामाले सम्पुर्ण छायांकन आजका लागि रोक्न आग्रह गरेका छन् । चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले घरयासी कारणले उनले आत्महत्या गरेको बताए । 
 
पूराना पुस्ताका मोहन नयाँ पुस्तासँग भिज्न नसक्दा काम पाउन सकिरहेका थिएनन् । मोहनको घर रामेछाप हो ।