मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यायाम गर्छु भन्दै देखाए राजेशले

फिल्मीखबर, काठमाण्डौ, 2015/01/25
अभिनेता राजेश हमालले केही दिन अगाडि व्यायाम गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि यसले गसिपको राम्रै स्थान पायो । कसिलो स्ल्याक्स लगाएर हमालले गरेको व्यायाममा उनी उच्छृङ्खल देखिएका थिए ।
 
हमालले आफ्नो मनसाय उच्छृङ्खल प्रस्तुत गर्नु नभएको बताएका छन् । एक कार्यक्रममा भेटिएका हमालले भने– ‘मेरो मनसाय त्यस्तो होइन । ५० बर्षको उमेरमा पनि राजेश हमाल कति फिट भनेर अरूले पनि अनुरण गरुन् भन्ने सोच हो ।’
 
हमालले उक्त तस्बिर सार्वजनिक भएपछि आफूलाई सकारात्मक प्रतिक्रिया मिलेको बताए । धेरैले अब आफूहरु पनि व्यायाममा अगाडि बढ्ने बताएको हमालको तर्क छ । मिडियामा समाचार हेरेपछि आफू पनि झस्किएको हमालको भनाई छ ।