सोझा अभिनेताको रुपमा चिनिएका सुशिल क्षेत्रीले फिल्म ‘आगो २’ आफ्ना लागि दोश्रो चरणको करिअरको सुरुवात भनेका थिए । कुनै समयमा चल्तीका यी अभिनेता आगोबाट जसरी चर्चामा आएका थिए, ‘आगो २’ बाट पनि चर्चित हुने सोचमा थिए ।
‘आगो २’ चलेको खण्डमा सुशिलले भनेजस्तै उनको कमव्याक गतिलो हुने थियो । तर, माघ ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आगो २’ नचलेपछि सुशिलको कमब्याक सुखद हुन सकेन ।‘आगो’ फिल्म रिलिज हूँदा खुबै चलेका अभिनेता क्षेत्री यसैको सिक्वेलमा नचलेपछि उनलाई गतिलो झट्का लागेको छ ।
सुशिल असफल भैरहदा उनकै सखा अभिनेता दीलिप रायमाझी भने ‘लोग्ने मान्छे’ फिल्मबाट कमब्याक हुने तयारीमा छिन् । हुनत दीलिपको फिल्म ‘विधुवा’ प्रदर्शनमा आएर चल्न सकेन । यसैले पनि दीलिपका लागि ‘लोग्ने मान्छे’विशेष छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लोग्ने मान्छे’ले दीलिपलाई गतिलो कमब्याक गराउने विश्वास गरिएको छ ।

