मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकार अर्याल फिल्म निर्माणमा

फिल्मीखबर, काठमाण्डौ, 2015/02/01
अभिनेता तथा सञ्चारकर्मी श्याम अर्यालले फिल्म निर्माण गर्ने भएका छन् । 'द युगदेखि युगसम्म', 'आइ एम सरी', 'प्रोड्युसर' लगायतका फिल्ममा अभिनय गरिसकेका श्यामको मिजल पिक्चर प्रोडक्सनले फिल्म निर्माण गर्ने छ । 
 
 
श्यामको पहिलो फिल्मलाई अनुप गिरिले निर्देशन गर्नेछन् । रतन थापा निर्मात तथा प्रस्तुतकर्ता श्याम रहने फिल्मको कलाकार तय भईसकेको छैन । निर्माता बन्न लागेका श्यामले आफ्नो फिल्ममा अभिनय नगर्ने बताए । आफू सुहाउँदो भूमिका नभएकाले अभिनय नगर्ने उनको भनाइ छ । चैत्रबाट फिल्मको सुटिङ शुरू हुनेछ ।
 
मिजल पिक्चर्सले गल्फ कन्ट्रीमा फिल्म पनि बितरण गर्नेछ । पहिलो चरणमा 'कोहिनुर', 'नोभेम्बर रेन' र 'स्टुपिड मन' बितरण गर्ने सोचमा रहेको श्यामले बताए । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको फिल्म 'कोहिनुर'को प्रदर्शन फेब्रुअरीको १३ तारिखमा दुबईमा हुनेछ । अरबी भाषामा सबटाईटल गरी फिल्म प्रदर्शन गर्ने उनको तयारी छ ।