मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

`तीन घुम्ती` किन छाडे जीवनले ?

मञ्जु गैरे, काठमाण्डौ, 2015/02/01
सम्झौता गरिसकेको फिल्म पनि छाडेपछि अमेरिकामा रहेका अभिनेता जीवन लुईटेलका बारेमा विभिन्न खालका प्रश्न सोझिएका छन् । संचारमाध्यममा जीवनले राम्रा फिल्म छाडेकाले उनलाई घाटा लाग्ने तर्क पनि आइरहेका छन् ।
 
'तीन घुम्ती' फिल्ममा काम गर्ने चर्चा चलिरहदा जीवनको ठाउँमा अन्तिममा ध्रुब दत्त आएका थिए । जीवनले यसअघि 'नाइ नभन्नु ल ३' छाडेपछि पनि उनले गल्ती गरेको चर्चा चलेको थियो । जीवन भने आफूले अब कम तर राम्रा फिल्म गर्ने दाबी गर्छन् । 
 
अमेरिकामा रहेका जीवनले 'तीन घुम्ती' सहमतीमै छाडेको बताएका छन् । जीवनका अनुसार भनेको समयमा फिल्मको सुटिङ सुरु नभएको र फिल्मको निर्माणपक्षले बोलाएको समयमा अमेरिकाबाट आउन नसक्ने भएपछि फिल्म छाडेको उनको भनाई छ ।
 
'मंसिर या पुषमा फिल्म छायांकन हुने कुरा थियो तर पछि सेड्यूल परिवर्तन भयो, फागुनमा छायांकन गर्ने भनेर म अमेरिका आएँ । अहिले फिल्मको छायांकन माघबाटै शुरू गर्ने तयारी भएपछि आफू आउन नसक्ने बताएर छाडेको हुँँ', जीवनको भनाई छ ।
 
जीवनले अमेरिकाबाट आफू डेढ महिनापछि फर्कने बताए । फिल्म 'भूलभूलैया'को प्रिमियर सकेर फर्कने जीवनको भनाई छ । उनले अब आफू नेपाल फर्केर शेखर कोइरालाको फिल्म गर्न लागेको बताए । 
 
जीवनले निर्मल शर्माको निर्देशन र केशव भट्टराइको लगानीमा बन्न लागेको फिल्म 'ब्रासलेट'मा आफूले काम गर्ने तय नभएको समेत जनाएका छन् ।