Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्याकलिनको हिरो बन्न चाहन्छन् गौतम

फिल्मीखबर, मुम्बई, 2015/02/02

‘बीग बोस ८’ जितेपछि यसका प्रतियोगी गौतम गुलाटीको चर्चा सर्वाधिक धेरै छ । गौतमको पक्षमा सुरुवातदेखि नै एसएमएस र भोटिङ आएका थिए ।
गौतमले यो उपाधी जितेपछि अब बलिउडमा पाइला राख्ने योजना बुनेका छन् । गौतम बलिउडमा चर्चामा आउँदै गरेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजको हिरो बन्न चाहन्छन् । सलमान खानको फ्यान रहेको गौतमले आफू ज्याकलिनको पनि फ्यान भएको बताए ।

 



उनले आफ्नो योजना पनि ज्याकलिनसँग काम गर्ने भएको बताउँदै यो अवसर पाउनेमा ढुक्क रहेको खुलाएका छन् । उनका लागि अभिनेत्री सोनम कपुर पनि विशेष छिन् ।
गौतमले आफ्ना लागि आर्ट फिल्म काम नलाग्ने बताए । हैदर र ब्याङ ब्याङमा उनले ब्याङ ब्याङलाई रोज्दै द्धन्द्धात्मक र प्रेमको कथा भएका फिल्ममा  जम्ने योजना रहेको बताएका छन् ।बीग बोसको विजेता भएपछि उनले ५० लाख पुरस्कार समेत पाएका छन् ।
 

Most Visited News (monthly)