Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेनिशाका लागि `न्यू इयर`मा लगानी !

फिल्मीखबर, काठमाण्डौ, 2015/02/08
फिल्म 'मोक्ष' प्रदर्शन भईरहेका बेला अभिनेत्री वेनिशा हमालका लागि काठमाण्डौको सिटी सेन्टरमा अवस्थित बिग सिनेमा नै बुक गरेर चर्चामा आएका गृहेन्द्र घिमिरे फिल्म निर्माणमा जुटेका छन् । उनको फिल्मको मुख्य भूमिकामा उनै वेनिशा छिन् ।
 
 
गृहेन्द्रले लगानी गरेका म्यूजिक भिडियोमा बेनिशाकै अभिनय रहेकाले फिल्म पनि उनकै लागि त बनाउँदै छैनन् भन्ने चर्चा फिल्म नगरीमा सुरु भएको छ । फिल्ममा वेनिशालाई अनुप विक्रम शाहीले अभिनयमा साथ दिनेछन् । 
 
काठमाण्डौको एभरेष्ट होटलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म घोषणा गरियो । गृहेन्द्रको साथमा अष्ट्रेलियामा बसोबास गर्ने दुई नेपाली प्रताप खरेल र कर्ण राज वंशीले यो फिल्ममा लगानी गर्दैछन् । यसअघि 'मोक्ष' निर्देशन गरेका प्रविन श्रेष्ठले फिल्मको निर्देशन गर्ने छन् ।
 
 
फिल्मको नाम ‘न्यू ईयर’ राखिएको छ । नयाँ बर्षमा आउने उल्लासको बिषयमा यो फिल्म बन्न लागेको हो । नेपाली नयाँ बर्षबाट नै यो फिल्मको छायांकन सुरु हुँदैछ । फिल्मको छायांकन अष्ट्रेलिया र नेपालमा हुनेछ । फिल्मलाई ज्ञानेन्द्र शर्माले खिच्ने छन् ।
 
आफूलाई कथा असाध्यै मन परेकाले काम गर्न लागेको निर्देशक श्रेष्ठले जानकारी दिए । अभिनेत्री वेनिशा हमालले प्रविन र उनको टिमसँग फेरि एकपटक काम गर्न पाउँदा खुशी लागेको बताइन् । वेनिशाको जस्तै अभिनेता अनुप विक्रम शाहीले फिल्मको टिम राम्रो भएकाले फिल्म पनि राम्रो बन्ने आशा व्यक्त गरे ।
 
 
 
Most Visited News (monthly)