Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेन्द्र महर्जन पनि अभिनयमा

मणिराज गौतम, हेटौंडा, 2015/02/09
फिल्म 'मिसन पैसा रिलोडेड' मार्फत निर्माता तथा वितरक नरेन्द्र महर्जनले कलाकारिताको परिचय थपेका छन् । फिल्म वितरण र निर्माणकोे लामो खुडकिलोमा ईटा राख्दै महर्जनले कलाकारिताको परिचय थपेका हुन् । 
 
नरेन्द्र आफैले निर्माण गरेको फिल्म 'मिसन पैसा रिलोडेड' आगामी फागुन १५ गतेबाट देशभर प्रर्दशनमा आउदैछ । सोमबार हेटौंडामा एक भेटघाटमा उनले आफु अभिनित फिल्ममा अभिनय गर्नुको रहस्य चुहाए । निर्देशक सिमोस सुनुवारको आग्रहमा अभिनय गरेको महर्जनले खुलाए । 
 
आफूलाई कलाकारिताको मोह खासै नभए पनि निर्देशकले सरप्राईज दिएर अभिनय गर्न आग्रह गरेको उनको भनाई छ । महर्जन फिल्ममा लागु औषध ओसरप्रसारको मुख्य नाईके भूमिकामा देखिने बताईएको छ । छोटो भूमिकामा रहेपनि आफूलाई समात्न मिसन लिएर आउने अभिनेत्री निशा अधिकारीको एक्सन दर्शकलाई नयाँँ खुराक हुन सक्ने नरेन्द्रको दाबी छ । 
 
माधव वाग्ले समेत निर्माता रहेको यो फिल्ममा अमिर गौतम, रेश मरहठा, सुसान्त श्रेष्ठ, हर्षिका श्रेष्ठ लगाएतका कलाकारहरुको समेत अभिनय छ । फिल्म पूर्ण रूपमा एक्सन प्रधान छ । 

Most Visited News (monthly)