Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कट्रिनासँग इन्गेजमेन्ट भएको छैन` : रणवीर कपुर

फिल्मीखबर, काठमाण्डौ, 2015/02/09
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफ संचारमाध्यममा आउने आफ्ना बारेका विभिन्न समाचारले हैरान छन् । कहिले रणवीर र कट्रिनाको प्रेमको त कहिले इन्गेजमेन्टको खबरले मिडियो तातेको छ ।
 
रणवीरले आफ्ना बारेमा नचाहिदो हल्ला नगर्ने मिडियालाई आग्रह गरेका छन् । उनले एक कार्यक्रममा भने– ‘कतीपय नभएका कुराहरु बारम्बार भन्दा त्यो साँचो देखिन्छ । त्यसले रमाइलो दिदैन ।’ 
 
यसैले, नभएको कुरामा चर्चा नगर्न उनले मिडियालाई आग्रह गरे । उनले कुनै गलत छापेपछि तब त्यो वास्तविकतामा परिणत हुन्छ त्यसले मजा नदिने बताए ।
 
रणवीरले आफू पनि मानिस भएको भन्दै श्रीमती र छोराछोरी चाहेको बताए । उनले आफू बिहे गर्दा त्यो नलुक्ने भन्दै अहिले नभएको कुरामा हल्ला नगर्न आग्रह गरे । उनले आफूले साँच्चै बिहे गर्दा त्यसको मज्जा हराउने डर व्यक्त गरे । 
Most Visited News (monthly)