Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा `द वीनर`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/09
संगठित अपराधले दुई देशको बिचमा पार्ने प्रभाव र त्यसले निम्त्याउने समस्याका बिषय कथाको रुपमा उठाएको फिल्म ‘द वीनर’को छायांकन अब अष्ट्रेलियामा हुने भएको छ । कथामाण्डौ र भारतको राजस्थानपछि बाँकि छायांकन अष्ट्रेलियामा गर्न लागिएको हो ।
 
 
फिल्मको ६० प्रतिशत छायांकन सकिएको र बाँकि ४० प्रतिशत अष्ट्रेलियामा सक्ने निर्देशक हिक्मत बिष्टले बताए । अष्ट्रेलियामा फिल्मको एक गीत तथा केही दृश्यको छायांकन गरिने निर्देशक बिष्टले सुनाए । निर्देशक बिष्टको यो डेब्यु फिल्म हो ।
 
महेश मान श्रेष्ठ, मन्चिन शाक्य, पूर्व मिस नेपाल मलिना जोशी, राजकुमार पन्त, रोयल मास्के, उत्तम बिष्ट, रमेश गुरुङ, एलेक्स खड्का, अमित गिरीलगायतको अभिनय रहेको यो चलचित्र रितेश राणा, राजेश जोशी र सुबोध ठकुरीले मिलेर बनाउँदै छन् । 
 
 
डाइमन स्टार फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको 'द वीनर'मा अमित श्रेष्ठको संगीत, पुरुषोतम प्रधानको छायांकन, हिमाल केसीको द्वन्द्व, कबिराज गहतराजको नृत्य छ । एक्सन थ्रिलर यो फिल्मको लगानी करिब एक करोड रहने बताईएको छ । 
Most Visited News (monthly)