
साहित्यकार इन्द्रबहादुर राईको सबैभन्दा बढी पढिएको र रुचाइएको कथा हो, ‘जार : भएकै एउटा कथा ।’ विश्वविद्यालयको सन्दर्भ सामग्रीदेखि रंगमञ्च (नाटक) हुँदै अब यो कथामा फिल्म समेत बनेको छ, जुन बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको कथा जार संस्कृतिमा आधारित छ । भागेर अर्को विवाह गरेकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द जार हो ।

प्रदर्शन मिति घोषणा नहुँदै फिल्म ‘एक्लो’को श्रृंखलाबद्ध रुपमा क्यारेक्टर पोस्टर सार्वजनिक भइरहेका छन् । प्रदीप खड्का, बेनिशा हमाल र विजय लामापछि आइतबार मातातीर्थ औँसीको दिन पारेर अभिनेत्री दीया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनलाई ‘एस्ट्रोनट पुन’को रुपमा चिनाइएको छ । अर्थात् फिल्ममा उनी अन्तरिक्ष यात्रीको भूमिकामा छिन् ।

आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को मातातीर्थ औँसीको दिन पारेर एउटा भावनात्मक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री वसुन्धरा भुसालबीचको मनछुने संवाद समावेश छ । वसुन्धरा दिवंगत छोरालाई सम्झिँदै भावुक हुँदा दयाहाङले आफ्नो आमाजस्तै सधैं माया गर्ने भाव व्यक्त गरेका छन् ।


म्यूजिक भिडियोबाट उदाएका कलाकारहरूको फिल्ममा आगमन बढिरहेको समयमा अब पालो मोडल उषा उप्रेतीको आएको छ । उनले फिल्ममा डेब्यु गर्ने भएकी छन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो । उनले शुक्रबार निखिलसँगको एक तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्रा थालनी भएको उल्लेख गरेकी छन् ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ भने महेश स्वयंको शब्द तथा संगीत र रिकेश गुरुङको एरेञ्ज तथा मिक्सिङ्ग मास्टरिङ्ग छ ।
- ‘महाराजधिराज’मा पल नरहने, निर्माताले गरे सम्झौता अन्त्यको घोषणा
- निर्देशकको टुंगो नलाग्दै ‘जदौ’मा साम्राज्ञी अनुबन्ध
- ‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला
- पललक्षित निर्देशक सेनको टिप्पणी : ‘समर्पित भएर मेहनत गर्ने कलाकार चाहिन्छ’
- ‘पिताम्बर’ निर्देशकको नयाँ फिल्ममा तीन देशका कलाकार हुने