Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाकस’मा भित्रिए महेश त्रिपाठी, वर्षासँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2026/09/13

mahesh tripathi

 

नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’मा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भएका छन् । शनिबार निर्देशक पन्त र महेशबीच लिखित सम्झौता भएको हो । फिल्ममा यसअघि अभिनेत्री द्वय विपना थापा र वर्षा राउत अनुबन्धित भइसकेका छन् । प्राप्त जानकारी अनुसार फिल्ममा महेशको जोडी वर्षासँग बाँधिनेछ ।

सुजिता चौलागाईंको निर्माण रहने फिल्मको सह-निर्मातामा छत्र बहादुर खड्का र कार्यकारी निर्मातामा धर्मेन्द्र पन्त रहेका छन् । फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत, दीपक शर्मा र नवीन पन्तको शब्द तथा किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ । बाँकी कलाकार र प्राविधिक टोली केही दिनमा टुंगो लाग्ने जनाइएको छ । 

पिके इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको छायांकन कात्तिक दोस्रो साताबाट सुरु गर्ने निर्माण पक्षको योजना छ । फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । रोजगारीका लागि विदेश पुगेका नेपालीहरू बाकस (कफिन)मा फर्किनुपर्ने क्रुर यथार्थलाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गर्ने जनाइएको छ । फिल्मको बजेट दुई करोड अनुमान गरिएको छ ।