मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 145 - 150 of 22704
फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १८, बिहिवार

‘होस्टेल’ फ्रेन्चाइजबाट धेरै कलाकार फिल्म क्षेत्रमा स्थापित भएका छन् । अनमोल केसी, गौरव पहारी, प्रकृति श्रेष्ठ, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकार यही फ्रेन्चाइजका उत्पादन हुन् । गत फागुनमा प्रदर्शन भएको यसको तेस्रो श्रृंखलाबाट पनि केही सम्भावना बोकेका कलाकारहरुको उदय भएको छ । त्यसमध्येका एक हुन्, पारस बम ठुकरी (कुल ब्वाय) ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १८, बिहिवार

आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, र ग्रामीण परिवेशलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरु एउटा बाख्रालाई समात्न दौडिरहेका देखिन्छन् । यसले फिल्मको कथा बाख्राको वरिपरि घुमेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १८, बिहिवार

अभिनेता रमेश उप्रेतीले करिब ७ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’बाट उनी अभिनयमा फर्किन लागेका हुन् । उनलाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरिएको निर्माताले जानकारी दिए । बुधबार उनीसँग लिखित सम्झौता भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १७, बुधवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माताद्वय प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म ‘चुले निम्तो’ निर्माण गर्ने भएका छन् । बुधबार अक्षय तृतीयाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरलाई बिहेको निम्तो कार्ड जसरी तयार पारिएको छ । पोस्टरको डिजाइन र शीर्षकले फिल्मको कथा विवाहमा आधारित रहने जनाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १७, बुधवार

रमेश कोइरालाको निर्देशनमा बन्न लागेको फिल्म ‘बिगुल’को शुभ मुहूर्त गरिएको छ । बुधबार बिहान कोटेश्‍वरस्थित महादेवस्थान मन्दिरमा क्यामरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै जोडी परेवा उडाएर फिल्मको मुहूर्त गरिएको हो । फिल्ममा जोडीको रुपमा देखिन लागेका बेनिशा हमाल र नरेन खड्काले आ-आफ्नो संवाद बोल्दै मुहूर्त सट दिएका थिए । यो उनीहरुबीचको पहिलो सहकार्य हो ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १७, बुधवार

सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ ।

Results : 145 - 150 of 22704
Most Visited News (monthly)