मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 151 - 156 of 22705
फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १७, बुधवार

सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १७, बुधवार

आगामी दशैंको फूलपाती (सेप्टेम्बर २९)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ । बुधबार फिल्मका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक ४२ सेकेण्ड लामो टिजरमा उनी मात्र चित्रित छन् । उनको एक्सन दृश्य समेटिएको टिजरमा अभिनेता विराज भट्टको देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १७, बुधवार

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को पहिलो चरणको पोस्टर सार्वजनिक गरिएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु पल शाह, बेनिशा हमाल, नीति शाह र अर्जुन जंग शाहीलाई स्थान दिइएको छ । पोस्टरले चरित्र चित्रण र पात्रको मनोदशालाई दर्शाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १६, मंगलवार

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक झन्डै चार मिनेट लम्बाइको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ । काफ्ले (ब्राह्मण) युवक र गुरुङ युवतीबीचको प्रेमलाई मियो बनाएर कथा भनिएको छ । ट्रेलर हेर्दा फिल्मको केन्द्रीय द्वन्द्व सामाजिक अन्तर्विरोध रहेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १६, मंगलवार

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को प्रिमियर नेपाली भाषीको बाहुल्यता रहेको भारतीय सहर सिक्किममा गरिने भएको छ । बुधवार साँझ सिक्किमको प्रशासनिक जिल्ला गान्तोकस्थित बज्र सिनेमा हलमा प्रिमियर हुन लागेको हो । त्यसका लागि मंगलबार फिल्मको टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १६, मंगलवार

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘नरसिंहा अवतार’का निर्मातामध्येका एक हुन्, ध्रुव न्यौपाने । यो उनले निर्माण गरेको पहिलो फिल्म भने होइन । यसअघि उनले ‘हिरो रिर्टन्स’ र ‘मायावी’ गरी दुई फिल्मको निर्माण गरिसकेका छन् । तर, दुर्भाग्य ! दुवै फिल्म व्यावसायिक रुपमा सफल भएनन् । ‘नरसिंहा अवतार’बाट भने उनी आशावादी छन् ।

Results : 151 - 156 of 22705
Most Visited News (monthly)