मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होलीमा रंगिए कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2015/03/06

होली पर्व नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशकलाई पनि लागेको छ । आ-आफ्नो तबरले कलाकारहरुले होलीमा रमाइलो गरे ।



निर्देशक आकाश अधिकारीले रेड स्टूडियोमा आयोजना गरेको होली कार्यक्रममा नायिका रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीले मस्त नृत्य गरे । तीन नायिकाको दोस्ती होली पर्वमा हेर्नलायक नै थियो ।

रेखाले अभिनय गरेका विभिन्न गीतमा रेड स्टूडियोमा कलाकारले नृत्य गरे । निर्देशक आकाश अधिकारीले सौहाद्रपूर्ण वातावरणमा होली मनाएर खुशी साटेको बताए ।

यस्तै, निर्माता छविराज ओझाले पनि आफ्नो कार्यालय नमस्ते नेपालमा होली विशेष आयोजना गरेका थिए । उनको होली कार्यक्रममा अभिनेता आर्यन सिग्देल पुगेका थिए । कलाकार सुदर्शन थापा, पूजा शर्मा, हसनराजा खान पनि सो अवसरमा देखिए । आर्यन, सुदर्शन, पूजा, हसन रेड स्टूडियोमा पनि पुगेका थिए ।

छविसँग निकट मानिएका केही निर्देशक र कलाकार पनि नमस्ते नेपालमा देखिए । निर्देशक ऋषी लामिछाने, नवल नेपाल, श्याम भट्टराई, दिपक श्रेष्ठ लगायत पनि नमस्ते नेपाल पुगे ।

 

अन्य कलाकारले पनि होली पर्वलाई विशेष रुपमा मनाएको देखिएको छ । गएका बर्षमा झैं यस बर्ष अभिनेग्त्री करिष्मा मानन्धरले होली मनाईनन् । फिल्म 'फागु'को सुटिङमा बिरगञ्जमा व्यस्त भएकाले उनको निवासमा होलीको सेलिब्रेसन भएन ।