मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`स्काउट` बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/03/06
स्काउटको विषयमा फिल्म 'स्काउट' बन्ने भएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यो फिल्मको शुभसाइत गरिएको हो । 
 
 
 
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको साथमा सभासद तथा विभिन्न नेताहरुको उपस्थितीमा फिल्मको मुहुर्त गरिएको हो । फिल्ममा गरिमा पन्त र कुशल थापाको मुख्य भूमिका रहनेछ । यो फिल्मलाई गोविन्द गौतमले निर्देशन गर्न लागेका हुन् । 
 
मधुकुमार श्रेष्ठको प्रस्तुती रहेको यो फिल्ममा केदार पराजुली र ईश्वर तिवारी निर्माताको रुपमा छन् । प्रस्तुतकर्ता मधुकुमार श्रेष्ठले स्काउट विश्वमै एक चर्चित र पवित्र संस्था भएकाले यसको कथामा फिल्म बनाउँदा सकारात्मक सन्देश दिने भएकाले बनाउन लागेको बताए ।
 
कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, वितरक प्रदिप उदय लगायतले फिल्मलाई शुभकामना दिएका थिए । मधुले यसअघि 'बजार', 'विन्दास' र 'विन्दास २' फिल्म बनाएका थिए ।