मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रिय चलचित्र नीति पारित

फिल्मीखबर, काठमाण्डौ, 2015/03/06

मन्त्री परिषदको बैठकले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ । शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले राष्ट्रिय चलचित्र नीति पारित भएको जानकारी गराएका हुन् ।

 


फिल्मकर्मी यादव खरेलको संयोजकत्वमा गठित एक समितिले तयार पारेको राष्ट्रिय चलचित्र नीतिमाथि छलफल गर्दै सरकारले पारित गरेको हो । मन्त्री रिजालले यस नीतिले फिल्म क्षेत्रमा आमूल परिवर्तन आउने बताउँदै फिल्मलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन आउने भनाई व्यक्त गरे   

फिल्मको परिभाषा, राष्ट्रिय चलचित्र नीतिको लक्ष्य, भाषा, साहित्य, कला, सँस्कृती, शिक्षा र फिल्मविचको सम्बन्ध, फिल्मको औद्योगिक नीति, वाणिज्य नीति, आदिवासी/जनजाती मातृभाषी फिल्म, लघु फिल्म, वृत्तचित्र, गैरआख्यान फिल्म र प्रयोगात्मक चलचित्रको संरक्षण तथा प्रवर्द्दन, फिल्म पर्यटन, फिल्म प्रदर्शन तथा वितरण, विज्ञापन फिल्म, फिल्म पत्रकारिता, समीक्षा, फिल्म महोत्सव, फिल्मकर्मीहरूको पेसागत आचारसंहिता, चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति र नीति कार्यान्वयनका लागि संस्थागत विकास र कानुनी ब्यवस्था जस्ता शिर्षकमा राष्ट्रिय चलचित्र नीतिको मस्यौदा तयार पारिएको छ ।

 

यस नीतिले बाँध झै बाँधिएको फिल्म क्षेत्रलाई प्रस्तुत नीतिले फुकाएर नेपाली फिल्म उद्योगको विकासमा टेवा पुर्‍याउने फिल्मकर्मीको आश छ ।