मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`बन्दुक बोक्छु, फूल होइन` : मेचे

फिल्मीखबर, काठमाण्डौ, 2015/03/04
करिब दुइ दर्जन फिल्ममा अभिनय गरेपनि चर्चा पाउन नसकेका अभिनेता सुवास मेचे आफूलाई एक्सन अभिनेताको रुपमा चिनाउन चाहन्छन् । हरेक फिल्ममा एक्सन भूमिकामा नै देखिने यी अभिनेता रिलिजको क्रममा रहेको फिल्म 'किल्ला'मा पनि एक्सन भूमिकामा नै छन् ।  
 
 
यसै 'किल्ला' फिल्मबाट निर्माता समेत बनेका मेचेले लभर व्वायको रुपमा फिल्ममा नदेखिने बताएका छन् । उनी भन्छन्, 'म एक्सन नायक हुँ । पर्दामा बन्दुक बोक्छु, गुलाफको फूल होइन ।'
 
फागुन २९ गतेदेखि रिलिज हुने 'किल्ला'मा फूल नबोके पनि अभिनेत्री सुरभी जैनसँग केहि रोमान्टिक भने बनेका छन् । हिमाल केसीले निर्देशन गरेको यो फिल्मको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । फिल्ममा बिकाश चौधरीको संगीत सुन्न सकिने छ ।