करिब दुइ दर्जन फिल्ममा अभिनय गरेपनि चर्चा पाउन नसकेका अभिनेता सुवास मेचे आफूलाई एक्सन अभिनेताको रुपमा चिनाउन चाहन्छन् । हरेक फिल्ममा एक्सन भूमिकामा नै देखिने यी अभिनेता रिलिजको क्रममा रहेको फिल्म 'किल्ला'मा पनि एक्सन भूमिकामा नै छन् ।

यसै 'किल्ला' फिल्मबाट निर्माता समेत बनेका मेचेले लभर व्वायको रुपमा फिल्ममा नदेखिने बताएका छन् । उनी भन्छन्, 'म एक्सन नायक हुँ । पर्दामा बन्दुक बोक्छु, गुलाफको फूल होइन ।'
फागुन २९ गतेदेखि रिलिज हुने 'किल्ला'मा फूल नबोके पनि अभिनेत्री सुरभी जैनसँग केहि रोमान्टिक भने बनेका छन् । हिमाल केसीले निर्देशन गरेको यो फिल्मको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । फिल्ममा बिकाश चौधरीको संगीत सुन्न सकिने छ ।

