मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सहयोगीलाई `लभ यू बाबा`को सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2015/03/04
'गिनिज बुक अफ द वल्र्ड रेकर्ड'मा संसारकै कान्छो निर्देशकको रूपमा नाम लेखाउन सफल सौगात बिष्ट र फिल्म ‘लभ यू बाबा’को निर्माणपक्षले आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिकदेखि पत्रकारहरुलाई सम्मान गरेको छ ।  
 
 
 
फिल्मका ८ बर्षिय निर्देशक सौगात बिष्टले सहयोगी सबैलाई सम्मान पत्र हस्तान्तरण धन्यवाद दिए । कार्यक्रमलाई सम्बोधन गर्दै सौगातले दर्शकले आफ्नो फिल्म नहेरेसम्म आफूले 'गिनिज बुक अफ द वल्र्ड रेकर्ड'मा नाम लेखाएको अर्थ नहुने बताए ।   
 
यो फिल्म गत मंसिर महिनामा प्रदर्शनमा आएको थियो । उक्त बेला दर्शकले खासै चासो नदेखाएपछि सफलता पाउन नसकेको यो फिल्मको पुन: प्रदर्शन गर्ने तयारी गरिएको छ । 
 
सम्मान कार्यक्रमपछि फिल्म प्रदर्शन गरिएको थियो । बाबु र छोरीको प्रेमलाई प्रस्तुत गरिएको 'लभ यू बाबा' हेरेपश्चात सबैले सौगात र फिल्मको तारिफ गरे । फिल्ममा गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा, ए गुरूङलगायतका कलाकारको अभिनय छ ।