Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातलाई निर्देशक बनाउने फिल्मलाई `यू`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/05
बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म 'जन्मभूमी'ले सेन्सर बोर्डबाट 'युनिभर्सल' प्रमाण पत्र पाएको छ । फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैंची नचलाई 'यू' सर्टिफिकेट दिएको निर्माण टिमले जानकारी दियो । 
 
 
यसै फिल्मबाट निर्देशक मोहन निरौला १९ बर्ष पछी फिल्म निर्देशनमा फर्किएका हुन् । निर्देशक निरौला भन्छन्, 'मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु ।' यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ । 
 
राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, बार्ह्यी हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी वकालत गर्ने यस फिल्ममा निश्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई तथा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको पनि अभिनय रहेको छ । 
 
 
विश्वकै कान्छा निर्देशकको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल सौगातले यही फिल्ममा अभिनय गरेकै कारणले आफूलाई निर्देशनमा प्रेरणा मिलेको बताउने गरेका छन् । सौगातले 'जन्मभूमी'मा अभिनय गरिरहँदा निर्देशनको ज्ञान लिएका थिए । 
 
युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा सुरज गिरीको लगानी रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् । फिल्मलाई उपत्यका भित्र सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले प्रदर्शन गर्ने जिम्मा लिएको छ ।
 
Most Visited News (monthly)