यो बर्षको अन्तिम सातामा प्रदर्शनमा आएका दुई फिल्म हवल्दार सुन्तली र नाई नभन्नु ल ३ करोड क्लबमा प्रवेश गरेका छन् । नेपाली फिल्म नचलेर खडेरी लागिरहेको समयमा यी दुई फिल्म मुसलधारे पानी बनेर आएका छन् । नयाँ बर्षको दिनमा दुबै फिल्मले आक्रमक व्यापार गर्दै करोड क्लब पार गरेका हुन् ।
छविराज ओझाको निर्माणमा तयार भएको फिल्म हवल्दार सुन्तलीले देशभरबाट मंगलबारसम्म करिब १ करोड २० लाखको कारोबार गरेको छ । निर्माता छविराज ओझाले आफ्नो फिल्ममा कुनै स्टार कलाकार नभएपनि दर्शकले कथावस्तु मन पराएको बताए ।
ऋषि लामिछाने निर्देशित यो फिल्ममा शिल्पा पोख्रेल, सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भूमिकामा छन् । यस्तै, विकास आचार्यले निर्माण गरेको फिल्म नाई नभन्नु ल ३ को व्यापार पनि आक्रामक छ । नयाँ बर्षको बिदामा यो फिल्मले आक्रामक व्यापार गर्दै ५ दिनमा १ करोड ३५ लाख कमाएको छ । यता सेतो बाघ फिल्मको व्यापार भने खासै उल्लेखनिय छैन ।

