बलिउड अभिनेत्री कंगना रनावतको चर्चा खुबै छ । फिल्म ‘क्विन’मा उनले निर्वाह गरेको भूमिकाले वाहवाही पाएपछि कंगना बलिउडकी नम्बर वन अभिनेत्री बन्ने दौडमा सामेल भएकी छिन् । । कंगना पनि अहिले फिल्ममा काम गर्ने बिषयमा खुबै सोच्न थालेकी छिन् । उनले भारतकै चर्चित फिल्मफेयर अवार्ड पनि बहिष्कार गरिदिइन् । कंगनासँग केही समय अगाडि काम गर्ने इच्छा रणवीर कपुरले जताएका थिए । रणवीरले आफूसँग काम गर्ने इच्छा राख्दा कंगना पनि खुशी छिन् ।
तर, कंगनाले भने रणवीरसँग काम गर्दा शर्त पनि अगाडि सारेकी छिन् । उनका अनुसार रणवीरसँग उनले गर्ने फिल्मको कथावस्तु र उनको भूमिका राम्रो हुनुपर्छ । अभिनेता हाबी हुने फिल्ममा काम नगर्ने कंगनाको भनाई छ । उनले, आफू बलिउडका अर्का अभिनेता आमिर खानबाट प्रभावित भएको पनि बताइन् । ‘आमिरको बाटो हिड्नु भएको हो भन्ने’ पत्रकारको प्रश्नमा उनले, राम्रो कुरा सिक्न जरुरी भएको बताइन् ।

