Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन नम्रताको जोडी फेरि पर्दामा

फिल्मीखबर, काठमाडौं, 2015/04/14

अभिनेता आर्यन सिग्देलले निर्माता सुवास गिरीसँग सहकार्य गर्दै निर्माण गर्न लागेको दोश्रो फिल्म ‘क्लासिक’को घोषणा गरिएको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा निर्माता गिरीका बुबाले पानसमा दिप प्रज्वल गर्दै फिल्म घोषणा कार्यक्रमको उद्घाटन गरेका थिए ।



फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर रानाको मुख्य भूमिका रहेनछ । वैशाख १५ गतेबाट छायांकन प्रारम्भ हुने फिल्मको प्रदर्शन माघ २९ गते गरिने निर्माता गिरीले जानकारी दिएका छन् । फिल्म ‘क्लासिक’लाई दिनेश राउतले निर्देशन गर्दैछन् । उनले यसअघि यही टिमसँग मिलेर ‘नोभेम्बर रेन’ निर्देशन गरेका थिए । आँखा देख्न नसक्नेहरुको सांगीतिक प्रेम कथामा तयार हुन लागेको फिल्ममा छेतन गुरुङको पटकथा रहेको छ ।  फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको द्धन्द्ध, नितिन चन्दको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा जिवन भाइ लाइन निर्माता छन् ।

 

 

आशिष पौडेलको पहिरन डिजाइन, विजय सुवेदी‘आवाज’को मिडिया संयोजन रहने फिल्ममा अतुल मैनाली ब्रान्ड म्यानेजर, सूर्य बुढोथोकी प्रोडक्शन म्यानेजर, शान थापाको सह निर्देशन, दिनेश रावतको मुख्य सहायक निर्देशन रहनेछ ।कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘क्लासिक’ सांगीतिक प्रेम कथामा अधारित फिल्म रहेको बताए ।। अभिनेता तथा निर्माता आर्यन सिग्देलले दर्शकले ‘नोभेम्बर  रेन’ले झैं ‘क्लासिक’ ले पनि दर्शकलाई सन्तुष्ट बनाउने बताए । निर्माता सुवास गिरीले फिल्म ‘क्लासिक’को मुनाफा दृष्टिबिहीन विद्यार्थीको शिक्षामा सहयोग गर्ने बताए ।कार्यक्रममा सुवास इन्टरटेन्मेन्टले फिल्म ‘नोभेम्बर रेन’को तर्फबाट सिन्धुलीको कमला बहुमुखी क्याम्पसलाई नगद १ लाख रुपैयाँ सहयोग  गरेको थियो ।

 


 

Most Visited News (monthly)