यस बर्षको प्रतिक्षित फिल्महरु मध्येको एक फिल्म चंखे शंखे पंखेको क्लब सङ रिलिज भएको छ । सुर्दशन थापाको निर्देशनमा बनेको यो फिल्म आउँदो जेठ १ देखि देशब्यापी प्रर्दशन हुँदैछ । ठूलो बजेटका साथ निर्माण गरिएको भनिएको यस फिल्मले मध्यान्तर सम्म कमेडी र मध्यान्तर पश्चात राष्ट्रिययताको कथा उठान गरेको निर्माता सन्तोष सेनको दावी छ ।
सार्वजनिक गीतमा डा।कृष्णहरी बरालले शब्द कोरेका हुन भने संगीत तारा प्रकाश लिम्बुको हो । यस्तै स्वर चाँहि सन्तोष लामा र मिलन अमात्यको हो भने कोरियोग्राफी गोविन्द राईको । गीतमा निर्देशक समेत रहेका फिल्मका मुख्य अभिनेता सुर्दशन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीले हिरोइन पूजा शर्माको वरी परि घुमेको देख्न सकिन्छ ।
हेर्नुस् गीत

