Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रशन्नको छोटो फिल्म अमेरिकाको फेस्टिभलमा

फिल्मीखबर, काठमाडौं, 2015/04/14
म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेको छोटो फिल्म अमेरिकाको फेस्टिभलमा छनोट भएको छ । प्रशन्नले निर्देशन गरेको ‘होक्से’ शीर्षकको ७ मिनट अवधिको फिल्म अमेरिकाको सिकागोमो हुने सिकागो फिल्म फेस्टिवलको स्क्रिनिङका लागि छानिएको छ भने अमेरिकाकै लस एन्जलसमा हुने प्रतिस्पर्धात्मक फिल्म फेस्टिवल ४८ फिल्म फेस्टिवलका लागि समेत छानिएको छ । 
 
 
आगामी अप्रिल २३ देखि ३० तारिखसम्म चल्ने फेस्टिवलमा एसियाबाट प्रवेश पाउने एकमात्र फिल्मका रुपमा होक्सेलाई प्रवेश मिलेको निर्देशक पौडेलले जानकारी गराएका छन्। उनका अनुसार अमेरिकाकै फिल्महरु स्पर्धामा रहने फेस्टिवलमा होक्से यसको विषयका कारण छनौटमा पर्ने एसियाकै एकमात्र फिल्म बन्न पुगेको हो।
 
‘होक्से एउटा त्यस्तो गाउँको सत्य कथा हो, जो काभ्रेपलाञ्चोकको नजिकै पर्छ, जहांका वासिन्दा ठगी र बाध्यताका कारण आफ्नो मृगौला बेच्न बाध्य छन्। रातो माटो भएका कारण मकैबाहेक केही नफल्ने गाउँक मानिसहरु बाँच्नका लागि पढ्न, बिहेबारी गर्न वा घरमा छानो हाल्नका लागि मृगौला बेच्न बाध्य हुन्छन्। त्यहाँ सरकारी पहुँछ अहिलेसम्म पनि पुगेको छैन। समाजका गन्य मान्य भनिएका मान्छेहरुले नै उनीहरुलाई जीवनभर हेरिदिने, घर जग्गा दिने प्रलोभनमा पारेर ६० हजारदेखि १ लाख रुपैयाँँसम्म दिएर मृगौला किन्छन्। पाएपछि कहिल्यै फर्केर हेर्दैनन्’ प्रशन्न भन्छन्।
 
होक्सेको एउटा विपन्न सानो घरको प्रेमकथालाई केन्द्रित गर्दै निर्माण गरिएको होक्सेमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ, मधु न्यौरेले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने केकी अधिकारीका भाई बिम्ब अधिकारीले यसको कथा तयार पारेका हुन्। 
 
फिल्ममा परिकल्पना र निर्देशन प्रशन्न पौडेलको रहेको छ भने छायांकन विदुर पाण्डे, संगीत रोेशन लामा, शव्द र निर्माण क्रिश रिजाल, स्वर शिव परियार, सम्पादन प्रकाश तुलाधरको रहेको छ।
Most Visited News (monthly)