मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६४ बर्षमा मदनकृष्ण, संविधान बन्ने आशा

फिल्मीखबर, काठमाडौं, 2015/04/21
चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ ६४ बर्षमा प्रवेश गरेका छन् । उनले आज आफ्नो जन्मदिन मनाएका हुन् । रेडियो अडियोले आफ्नै प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा मदनकृष्णले केक काट्दै आफ्नो जन्मदिन मनाए । 
 
 
मदनकृष्णले जन्मदिन मनाउँदै गर्दा देशमा संविधान बनोस् भन्ने कामना गरे । उनले नेताहरुलाई आफ्नो स्वार्थ पुरा हुने दाउ हेरेर संविधान नबनाउन आग्रह गरे । यसरी संविधान बनाउँदा देश झनै बिग्रने उनको भनाई थियो । 
 
मदनकृष्णले आफू अब विस्तारै ठिक भएकोले हाँस्य व्यङ्ग्य क्षेत्रमा लागिरहने बताए । रोगले छुन खोजेपनि आफू लडिरहेको उनको भनाई थियो । मदनकृष्णले केक काटेपछि हरिवंश आचार्यले उनलाई ख्वाइदिएका थिए । 
 
मह जोडीका एक हरिवंशले मदनकृष्ण १६४ बर्ष बाँच्ने बताए । उनले मदन दाइको साथले आफू सधै नै सक्रिय रुपमा अगाडि बढेको बताए । हाँस्य कलाकार दिपाश्री निरौलाले तितो सत्य यूनिटको तर्फबाट मदनकृष्णलाई हाँस उपहार दिएकी थिइन् । उनले मदन दाइ र हरि दाइले देखाएको बाटोमा आफूहरु हिडेको बताइन् । 
 
कलाकार मनोज गजुरेलले मह घरको आवश्यकता रहेको बताए । कलाकार शिवहरी पौडेलले मदनकृष्ण र हरिवंशको कारणले आज आफूहरु भएको बताए ।