मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(14 votes, avg 4.14/5.00)
Text size:-
+
-

९ हिरोइनले खोले घुम्टो

फिल्मीखबर, काठमाडौं, 2015/04/21

नेपाली फिल्मको संगीतको बजार छैन । संगीतले फिल्म चलाएपनि निर्मातालाई चलाउन सकेको छैन । गीत जतिसुकै राम्रो हुन् विक्दैन । यसैले पनि होला, निर्माताहरुले गीतलाई खासै महत्व दिदैनन् । गीत सार्वजनिक गर्नु भनेको सामान्य काम हो भन्ने सोच्छन् उनीहरु । 

 

 

 

 

तर, सोमबार बेलुकी काठमाण्डौमा छुट्टै रौनक देखियो । कुनै अवार्ड समारोह जस्तो लाग्ने गरि फिल्म अधकट्टीको एल्बम विमोचन गरियो । एल्बम विमोचन गर्नका लागि फिल्म क्षेत्रका चर्चित ९ अभिनेत्री निम्त्याइएका थिए । ९ अभिनेत्रीबाट फिल्मका प्रस्तुतकर्ता प्रदिप कुमार उदयले एल्बम बिमोचन गराए । 

 

अभिनेत्रीहरु करिश्मा मानन्धर, झरना थापा, प्रियंका कार्की, ऋचा शर्मा, नम्रता श्रेष्ठ, निता ढुंगाना, शिल्पा पोख्रेल, हर्षिका श्रेष्ठ र दिपाश्री निरौलाले एल्बम बिमोचन गरे । ९ अभिनेत्रीले एल्बम विमोचन गरेसँगै कलाकार एकपछि अर्को प्रस्तुती दिए ।  फिल्मका ४ गीतमा मुख्य कलाकारहरु रिस्ता बस्नेत, गौरव पहारी, अशिष्मा नकर्मी,प्रदिप बाँस्तोला, नम्रता श्रेष्ठ, विल्सन विक्रम राइले आफ्नो प्रस्तुती दिएका थिए । 

 

एलसीडी पर्दामा कलाकारले एकपछि अर्को प्रस्तुती दिइरहँदा माहोल पुरै रोमाञ्चित बन्न पुगेको थियो । नेपाली फिल्मको एल्बम बिमोचन यति भव्य यसअघि विरलै देखिएको थियो । द्धारिका उदयको ब्यानरमा निर्माण भएको यो फिल्मलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

 

जेठ ८ गतेबाट चल्ने यो फिल्म पूर्णतया कमेडी कथामा तयार भएको छ । फिल्ममा गजित बिष्ट, गौरव पहारी, विल्सन बिक्रम राई,प्रदिप बाँस्तोला, आशिष्मा नकर्मी, रिस्ता बस्नेत आदिको अभिनय रहेको छ । फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ ।