मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

८५ वटा साडी फेर्नेे प्रियंका

फिल्मीखबर, काठमाडौं, 2015/04/20

प्रियंका चोपडाले आफ्नो नयाँ फिल्म ८५ वटा साडी लगाउने भएकी छिन् । प्रियंकाले संजय लिला भंसालीले निर्देशन गरिरहेको फिल्म बाजीराव मस्तानीमा त्यति धेरै साडी लगाउन लागेकी हुन् । पिरियड ड्रामामा प्रियंकाले राजा बाजीरावको पहिली पत्नीको भूमिकामा अभिनय गरिरहेकी छिन् । काशीबाई नामको सो भूमिकालाई दुरुस्त उतार्न फिल्मभरि प्रियंकाले यति धेरै साडी फेर्न लागेकी हुन् ।

 


त्यसो त संजय लिला भंसाली भव्य सेटअपमा काम गर्ने निर्देशकका रुपमा चिनिन्छिन् । र खास गरी प्राविधिक तथा ड्रेसअपको पाटोमा उनको भव्यता उनका यसअघि फिल्म देवदास, रामलिला, हम दिल दे चुके सनम, गुजारिस जस्ता फिल्ममा पनि देखिईसकिइएको छ । सोही क्रमलाई निरन्तरता दिंदै यो पटक भन्सालीलले प्रिंयकालाई ८५ वटा साडी लगाउन लागेका हुन् । फिल्ममा प्रियंकाले साडीसँगै गहना पनि उत्तिकै संख्यामा फेर्ने स्रोतको दाबी छ ।